आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

राष्ट्रिय बाल दिवसको अवसरमा कावासोतीमा सचेतना र्‍याली

    प्रकाशित २०८० भाद्र २९, शुक्रबार (१ साल अघि)


नवलपुर । कावासोती नगर बाल सञ्जालको आयोजना तथा कावासोती नगरपालिकाको सहयोगमा ५९ औं राष्ट्रिय बाल दिवसमा प्रभातफेरी,पुरस्कार वितरण,सडक नाटक सहित विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।कावासोती नगरपालिकादेखि शुरु भएको सचेतना र्‍याली सभापति चोक हुँदै फलफुल चोक पुन कावासोती नगरपालिकामा आएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी थनेतले बालबालिका भविष्यका कर्णधार भएको बताउँदै बालबालिकालाई सधैं सकारात्मकता तर्फ अग्रसर बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको बताउनुभयो ।

कावासोती नगरबाल सञ्जालका अध्यक्ष मनिस न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली,कावासोती नगरपालिकाका शिक्षा शाखाका प्रमुख क्षेत्रबहादुर भण्डारी,कावासोती नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष एवम् शिक्षक विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सडक नाटक सहयोगी संस्था साथी शिक्षक र जागृति बाल तथा युवा सरोकार नेपालका पदाधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

Write your Comment