आज:  २०८२ कार्तिक ११, मंगलबार | Tue, 28, Oct, 2025 Search
FLASH NEWS

ब्रोकर नम्बर ४२ को तेस्रो शाखा देवचुलीमा

    प्रकाशित २०८० भाद्र २७, बुधबार (२ साल अघि)


देवचुली। शेयर कारोबारको मध्यस्थता गर्ने सनि सेक्युरिटिज कम्पनी लिमिटेडले देवचुलीमा शाखा संचालनमा ल्याएको छ।स्टक ब्रोकर नम्बर ४२ रहेको कम्पनीले तेस्रो शाखा रुपमा देवचुली नगरपालिका वडा नम्बर १३ दलदलेमा बुधबारबाट सेवा सुरु गरेको हो । नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्चेन्ज लिमिटेड काठमाडौंको निर्णय अनुसार सनि सेक्युरिटिज कम्पनीलाई दलदलेमा शाखा सञ्चालन गरी धितोपत्र कारोबार गर्न स्वीकृत प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ।

समग्र देवचुली क्षेत्रका लगानीकर्ताहरु शेयर लगानी गर्न बाहिर जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि शाखा सुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक सुरज सुबेदीले बताए । उनका अनुसार यस क्षेत्रका लगानी कर्ताहरुलाई सहज रुपमा दोश्रो बजारमा पहुँच पुग्ने छ ।

ब्रोकरले हालै धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको थियो । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त भएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउने प्रबन्ध निर्देशक सुबेदीले बताए ।कम्पनीले आउँदा दिनहरुमा बजारको सम्भावनालाई हेरी लगानी कर्ताको चाप र मागको आधारमा मुलुकका ७ वटै प्रदेशमा शाखा विस्तार गरिने जनाएको छ।

Write your Comment