आज:  २०८१ श्रावण २, बुधबार | Wed, 17, Jul, 2024 Search
FLASH NEWS

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

    प्रकाशित २०८० भाद्र २६, मंगलबार (१० महिना अघि)


काठमाडौं।संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ ।बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राति साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासल लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । नेम्वाङका एकजना छोरा अष्ट्रेलियामा रहेको र उनी भोलिमात्रै आइपग्ने भएकाले अन्त्येष्टि पनि भोलि नै गर्ने तयारी भएको हो ।

एमालेसहितका थुप्रै नेताहरू अहिले शिक्षण अस्पताल पुगेका छन् ।

Write your Comment