आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मौलाकाली केबुलकारको सेवा बिहान ६ देखि दिउँसो ३ बजेसम्म

    प्रकाशित २०८० भाद्र २३, शनिबार (१० महिना अघि)


गैंडाकोट।मौलाकाली केवलकारको सेवा समयमा केही कटौती गरिएको छ । नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले भदौ २४ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि केवलकार सञ्चालन समय बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म रहने केबुलकारले जनाएको छ ।

केबुलकारका स्टेसन मेनेजर सुरज पौडेलका अनुसार नियमित मर्मतसम्भारका लागि यात्रुलाई दिइरहेको सेवा समयमा कटौती गरिएको हो । `यसले हाम्रो सेवा अझ गुणस्तरीय र सुरक्षित बनाउनेछ । यसबीचमा केही समयको लागि पर्न जाने असुविधाको लागि क्षमाप्रार्थी छौं ´पौडेलले बताए ।

Write your Comment