आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024 Search
FLASH NEWS

कान्ति बाल अस्पतालमा बालिकाको मृत्युबारे सदनलाई जानकारी गराउन रूलिङ

    प्रकाशित २०८० भाद्र २१, बिहिबार (७ महिना अघि)


काठमाडाैं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्।

उपचारका लागि लगिएकी ५ वर्षीया बालिकाको कान्ति बाल अस्पतालमा निधन भएको विषय बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका थिए।

सभामुख घिमिरेले यसबारे सदनलाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका हुन्।

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० की ५ वर्षीया बालिका रेजिना गोपालीको कान्ति बाल अस्पतालमा गत सोमबार निधन भएको थियो। ज्वरो आएपछि उपचारका लागि परिवारका सदस्यले उनलाई अस्पताल लगेका थिए।

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको घटनाबारे पनि सदनलाई जानकारी गराउन सभामुखले रूलिङ गरेका छन्।

यादवलाई बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्ने श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए। यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

Write your Comment