आज:  २०८२ बैशाख २६, शुक्रबार | Fri, 09, May, 2025 Search
FLASH NEWS

देवचुलीमा दुर्गादेवी सापकोटाको स्मृतिमा रक्तदान

    प्रकाशित २०८० भाद्र २१, बिहिबार (१ साल अघि)


देवचुली ।स्व. दुर्गादेवी सापकोटा स्मृति आठौं वार्षिक पुण्यतिथिमा सापकोटा परिवारले बुधबार छैठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

देवचुली १० मिलनटोलमा रहेको कृष्णप्रसाद सापकोटाको घरमा नवलपुर रक्तसञ्चार सेवा कावासोती र नेपाल रेडक्रस सोसाइटी प्रगतिनगर उपशाखाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन भएको कार्यक्रममा २ महिलासहित १८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

Write your Comment