आज:  २०८० मंसिर १८, सोमबार | Mon, 04, Dec, 2023 Search
FLASH NEWS

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन कार्य तालिका सार्वजनिक

    प्रकाशित २०८० भाद्र १६, शनिबार (३ महिना अघि)

देवचुली। मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था देवचुली १४ को निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ। सहकारीको भाद्र ४ गते बसेको संचालक समितिले आगामी कार्यकालका लागि संचालक समिती,लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन असोज २७ गते गर्ने निर्णय गरेअनुसार निर्वाचन समितिले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको निर्वाचन संयोजक धर्मदत्त भुसालले जानकारी दिनुभयो ।


कार्य तालिका अनुसार भाद्र १८ गते मतदाताको नामावली प्रकाशन , भाद्र २५ गते उम्मेदवारी दिने र उम्मेदवारहरूको नामावली प्रकाशन , भाद्र २६ गते उम्मेदवार उपर दावी विरोध , भाद्र २७ गतेदेखि असोज १० गतेसम्म उम्मेदवारले उम्मेद्वारी फिर्ता लिने , असोज २० गते चुनाव चिन्ह प्रदान र असोज २७ गते मतदान गरिने भुसालले बताउनुभयो ।

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन कार्य तालिका

 

Write your Comment