आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोती १४ मा अनलाइन सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०८० भाद्र ८, शुक्रबार (११ महिना अघि)


कावासोती।कावासोती नगरपालिका वडा नम्बर १४ त्रिभुवनटारमा रहेको जनता माध्यमिक बिधालयमा अध्ययनरत किशोरकिशोरीलाई अनलाइन सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ। क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नं १४ को कार्यालय, नवलपुर किशोरी संजाल र विद्यालयको समन्वयमा कार्यक्रम गरिएको हो ।

बालबालिका र किशोरकिशोरीहरु नै बढी मात्रामा मोबाईलको प्रयोग गर्ने गरेको र विभिन्न हिंसा, दुर्व्यवहारमा पर्ने गरेको विभिन्न अध्ययनले देखायको छ ।सामाजिक संजालको दुरुपयोग गर्ने र विभिन्न सामाजिक अपराधका घटनामा बालबालिका र किशोरकिशोरीहरु फसिरहेको देखियको छ ।सामाजिक संजालको सुरक्षित प्रयोग र सुरक्षित हुनका लागि सचेत गराउने उदेश्यले किशोरकिशोरीहरुलाई लक्षित गरि विद्यालय र समुदाय लक्षित अभियानको रुपमा कावासोतीका सबै विद्यालयमा कार्यक्रम आयोजना गरिरहेको आयोजक संस्थाका सामाजिक परिचालक राधा बोटेले बताउनुभयो ।

अनलाइन सुरक्षा र साइबर अपराध भनेको के हो ? अनलाइन सुरक्षाका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ? साइबर अपराधले शारीरिक, मानसिक र सामाजिक रुपमा पार्ने नकारात्मक प्रभावहरु केके हुन् ? कुनै समस्या र अपराध भएमा समन्वय गर्ने निकाय र हटलाइन नम्बरहरु के के हुन् भनेर जानकारी लगायतका विषयमा किशोरी अभियन्ता रेजिना घर्ती मगरले खिमा मुसहर र रजिता न्यौपानेले सहजीकरण गरेका थिए ।

विद्यालय बाल क्लवका अध्यक्ष आयुष वस्ताकोटिको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमराज महतोको प्रमुख अतिथ्यता रहेको थियो। सो कार्यक्रममा विद्यालय बालक्लवका सम्पर्क शिक्षक र अन्य शिक्षकहरु, विद्यालय बालक्लवका प्रतिनिधिहरु, विद्यालयमा अध्ययनरत अन्य किशोरकिशोरीहरु, साथी शिक्षकहरु र संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Write your Comment