आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुलीमा बस खस्यो, ८ जनाको मृत्यु

    प्रकाशित २०८० भाद्र ६, बुधबार (८ महिना अघि)


काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशुली नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशुली नदीमा खसेको हो।

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुबाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। बस बिहान ७ बजे काठमाडौंबाट पोखरा हुँदै बेनिको लागि छुटेको थियो।

मृत्यु भएकाहरूको सनाखत भईसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ, जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल उपचार हुँदैछ भने थप १३ जनालाई काठमाडौं ल्याइएको छ।

धादिङका प्रहरी प्रमुख एसपी मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान १०:४० बजे दुर्घटनामा परेको हो।

बस राजमार्ग देखी त्रिशूली नदीमा पुगेको छ।

Write your Comment