आज:  २०८० मंसिर १८, सोमबार | Mon, 04, Dec, 2023 Search
FLASH NEWS

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

    प्रकाशित २०८० श्रावण २९, सोमबार (३ महिना अघि)

नवलपुर । नवलपुरको सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आइतबार बेलुका ९ः१५ बजे सतर्कता तह पार गरेको हो ।

देवघाटको जल मापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३९ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ ।

नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ ।

नारायणी नदीको बाढीबाट नवलपुर जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडाहरू डुबान तथा कटानको जोखिममा रहेका छन् ।

Write your Comment