आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024 Search
FLASH NEWS

तिमी त मलाई नेपाली व्याकरण जस्तै लाग्छ…

    प्रकाशित २०८० श्रावण २७, शनिबार (८ महिना अघि)


राजन पाण्डे

हेर्दा फरक छौ ।
सुनिदा उस्तै सुनिन्छौ ।
तर अर्थ फरक-फरक दिन्छेउ ।
सुनेर मात्र तिमीलाई बुझ्नै सक्दिन ।
त्यसैले तिमी त मलाई नेपाली व्याकरण जस्तै लाग्छ ।

तिमी मोटाउँदा एउटा अर्थ दिन्छौ ।
तिमी दुब्लाउँदा अर्कै अर्थ दिन्छौ ।
एकातिर फर्किदा एउटा अर्थ दिन्छौं ।
अर्कोतिर फर्किंदा अर्को अर्थ दिन्छौं ।
तिम्रो तौल , तिम्रो दिशा, तिम्रो गति, तिम्रो यति, तिम्रा सबै बान्कीहरु आफैमा जटिलछन्…
त्यसैले तिमी त मलाई नेपाली व्याकरण जस्तै लाग्छ ।

कहिले तिमी सग्ली हुन्छौ ।
कहिले तिमी पेट काटेकी हुन्छौ ।
कहिले तिमी सर्लक्क हुन्छौ ।
कहिले तिमी खुट्टा काटेकी हुन्छौ ।
कहिले नाकमा थोप्ली लगाउँछौ ।
कहिले सिरमा सिरबन्दि लगाउँछौ ।
अरूको अगाडि, अरूको पछाडि र अरूको बीचमा हुँदा तिम्रा नियम फेरिन्छन् तिम्रा तौरतरिका फेरिन्छन् ।
सरल त तिमी छँदै छैनौ …
सोझी त तिमी हुँदै होइनौ ।
त्यसैले तिमी त मलाई नेपाली व्याकरण जस्तै लाग्छ …..

(राजन पाण्डे कावासोती नगरपालिकाको शिक्षा शाखामा कार्यरत हुनुहुन्छ ।)

Write your Comment