आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

असल छिमेकी नेपाल पोखराको युवा लक्षित सीप विकास र क्षमता अभिवृद्धि परियोजना सम्पन्न

    प्रकाशित २०८० श्रावण २५, बिहिबार (९ महिना अघि)


नवलपुर।असल छिमेकी नेपाल पोखराले विभिन्न दातृ निकायको सहयोग तथा स्थानिय सरकारको समन्वयमा कास्कीको पोखरा महानगरपालिका, पर्वतको कुश्मा नगरपालिका र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा यूवा लक्षित सीप विकास र क्षमता अभिवृद्धि परियोजना सम्पन्न गरेको छ ।

परियोजना अन्तरगत ६० जनालाई प्लम्बिङ्ग, ६० जनालाई हाउस वायरिङ, २० जनालाई व्यवसायिक कुक र १५ जनालाई मोबाइल मर्मत गरी जम्मा १५५ जनालाई तालिम प्रदान गरिएको छ । तालिम सँगै प्रस्तावना लेखन र उद्यमशीलता विकास तालिम, तालिमसँग सम्बन्धित आधारभूत सामाग्रीहरुको वितरण र राष्ट्रिय सीप परिक्षण समितिबाट तह एकको परीक्षा सञ्चालन गरिएको छ । तालिम पछि नयाँ उद्यम गर्ने १५ जनालाई व्यवसाय दर्ताको प्रक्रिया मार्फत व्यवसाय प्रारम्भ गरेकाहरुलाई बिउ पुजी प्रदान गरेको छ ।

तालिम सम्पन्न गरेका सहभागी मध्ये ५० प्रतिशतलाई सिकेको सीप प्रयोग गरी रोजगार वा व्यवसाय गराउने लक्ष्य अनुसार तालिम सकेका सबै सहभागिहरुलाई हरेक महिना छलफल बैठक, अनुगमन तथा मेन्टोरिङ कार्यलाई निरन्तरता दिएको थियो । एक वर्षे परियोजनाको अन्तमा अन्तवार्ता तथा कार्यक्षेत्रको अनुगमन मार्फत गरिएको प्रभाव मुल्यांकनको तथ्याङ्क अनुसार ६८ प्रतिशत सहभागिले रोजगार वा व्यवसाय गरेका छन । रोजगार वा व्यवसायमा संलग्न भएकाहरु मध्ये ५८ प्रतिशत सहभागीको आर्थिक वृद्धि ३१ प्रतिशत भन्दा बढी रहेको छ । असल छिमेकी नेपाल पोखरेली खीष्ट्रियन समुदायको सामाजिक पहलको रुपमा स्थापना भएको संस्था हो ।

Write your Comment