आज:  २०८० मंसिर १८, सोमबार | Mon, 04, Dec, 2023 Search
FLASH NEWS

सामुदायिक कुकुरको आतंक नियन्त्रण गर्दै देवचुली नगरपालिका

    प्रकाशित २०८० श्रावण २१, आईतबार (४ महिना अघि)

देवचुली । देवचुली नगरपालिकामा सामुदायिक कुकुरले आतंक मच्चाएपछी कुकुर नियन्त्रणका लागि नगरपालिकाले काम सुरु गरेको छ। देवचुली १०,११ र १५ मा केहि दिन यता आतंक मच्चाएको सामुदायिक कुकुरले मानिस सहित गाई भैंसी बाख्रालाई टोकी घाइते बनाएको छ। शनिबार मात्रै सामुदायिक कुकुरले ५ जनालाई टोकेर घाइते बनाएको थियो।

सामुदायिक कुकुरहरुले आतंक मच्चाएपछि नगरपालिकाले कुकुर नियन्त्रण तथा व्यवस्थापनको लागि चासो देखाएको हो। आज देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने ,देवचुली १ का वडा अध्यक्ष कृष्णबहादुर केसी,देवचुली १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर,देवचुली १३ का वडा अध्यक्ष एकदेव पौडेल,देवचुली १५ का वडा अध्यक्ष सुरेश रानाभाट,देवचुली १७ का वडा अध्यक्ष दीपक चालिसे र पशु शाखाका प्रमुख डा. श्यामकृष्ण तिवारी लगायतको आकस्मिक बैठक बसी कुकुर नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि टास्क फोर्स निर्माण गरि काम गर्ने निर्णय गरेको थियो। आज देवचुली नगरपालिकाले १०० डोज कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको भ्याक्सिन खरिद गरि रेबिजग्रस्त सामुदायिक कुकुरले टोकेका र त्यसको सम्पर्कमा आएका कुकुर लगायत अन्य पशुहरुलाई भ्याक्सिन लगाइएको पशु शाखा प्रमुख डा. श्यामकृष्ण तिवारीले जानकारी दिनुभयो ।

समुदायमा आतंक मच्चाएका सामुदायिक कुकुरहरु कहिँ कतै देखेमा सम्बन्धित वडा कार्यालय वा देवचुली नगरपालिका पशु सेवा शाखा वा अस्थायी प्रहरी पोस्ट , दलदलेलाई जानकारी गराउनका लागि नगरपालिकाले नगरबासीसँग आग्रह गरेको छ।

Write your Comment