आज:  २०८० मंसिर २०, बुधबार | Wed, 06, Dec, 2023 Search
FLASH NEWS

कावासोतीको सामुदायिक वनको पोखरीमा छोडियो ३० हजार माछाका भुरा

    प्रकाशित २०८० श्रावण १९, शुक्रबार (४ महिना अघि)

कावासोती। कावासोती नगरपालिका १२ र १३ मा पर्ने सामुदायिक वनको पोखरीमा ३० हजार माछाका भुरा छोडिएको छ। बिहीबार चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामिचौर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेको शान्तिकुन्ज मध्यवर्ती सामुदायिक वनको पोखरीमा माछाका भुरा छाडिएको हो।

सामुदायिक वनको आयआर्जनका लागि विभिन्न प्रजातिका माछाका भुरा सामुदायिक वन क्षेत्रमा रहेको पोखरीमा छाडिएको वनका अध्यक्ष कमल परियारले जानकारी दिनुभयो ।


लामिचौर मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष बासुदेव पौडेल, वन उपभोक्ता समितिका पदाधिकारीहरु,चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि ,नेपाली सेनाको उपस्थितिमा पोखरीमा माछाका भुरा छाडिएको थियो।

Write your Comment