आज:  २०८१ आश्विन ३, बिहिबार | Thu, 19, Sep, 2024 Search
FLASH NEWS

देवचुलीको दिव्य एकेडेमीबाट ह्याप्पी एफ एमले सुरु गरायो ‘नाटक’ शिक्षा

    प्रकाशित २०८० श्रावण १७, बुधबार (१ साल अघि)


देवचुली।नवलपुरमा पहिलो पटक विद्यालयमा नाटक विषय अध्यापन सुरु भएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नं १ मा रहेको दिव्य एकेडेमीबाट पहिलो पटक नाटक विषय अध्यापन सुरु गरिएको हो । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नाटक विषय अध्यापन गरिने जानकारी दिइएको हो । उक्त कार्यक्रममा बोल्दै नाटक अध्यापनको संयोजन गरेको ह्याप्पी एफ.एमका प्रबन्ध निर्देशक दिपेश कडरियाले देवचुलीको दिव्य एकेडेमीबाट नाटक विषयको अध्यापन सुरु गर्न लागिएको र यसलाई देवचुलीमा मात्रै नभई नवलपुर जिल्लाका विद्यालयहरुमा रगंमञ्च शिक्षालाई अगाडि बढाउन खोजिएको बताउनुभयो । नवलपुर जिल्लामा ५ दशक भन्दा अघिको नाट्य कला संस्कृतिलाई जिवन्त राख्न स्कुले जिवन मै बिद्यार्थी हरुको माध्यम बाट जिल्लामै पहिलो पटक नाट्य शिक्षा लाई पठनपाठनको रुपमा विकास गर्न ह्याप्पी एफ एम लागि परेको कडरियाले बताउनु भयो। उहाँले वि।सं २०२२ सालबाट सुरु भएको नवलपुरको नाट्य ईतिहासलाई विद्यालय रंगमञ्च शिक्षाले पूनर्जागृत गर्ने विश्वास लिईएको र विद्यार्थीहरु भित्र भएको प्रतिभालाई पहिचान गरि विश्वव्यापी बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको थियो ।

यसैगरि कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शा दाता खिमानन्द भुसालले देवचुलीको सर्वाङ्गिण विकासमा ह्याप्पी एफ एमले फरकशैलीबाट गरिरहेको कामको प्रशंसा गर्दै देवचुलिमा नाटक शिक्षाले अतुलनिय योगदान दिने बताउनु भयो।ह्याप्पी एफ एम बाट प्रसारण हुने दिव्य आवाज कार्यक्रमा बिद्यार्थीहरुको सिर्जनात्मक प्रस्तुति देख्दा आँफूलाई खुशी लाग्ने बताउनुभयो । साथै उहाँले विद्यार्थीहरुलाई यस्ता कार्यक्रमले उत्प्रेरित गर्न पनि सहयोग गर्ने बताउनुभयो । उहाँले विद्यालयले शैक्षिक उपलब्धी मात्रै नहेरेर विद्यार्थीहरुले कति सिके भन्ने कुरालाई पनि ख्याल गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको थियो ।

यता देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले ह्याप्पी एफ एम र दिव्य एकेडेमीबाट नाटक अध्यापनको सुरुवात गरेकोमा शिक्षा क्षेत्रमै क्रान्ति भएको धारणा व्यक्त गर्नुभयो । उहाँले नगर शिक्षा शाखाले स्थानीय पाठ्यक्रम बनाउने क्रममा रहेकाले नाटक शिक्षालाई पाठ्यक्रममा जोड्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक तुलमणी पौडेलले विद्यालयले सुरुवाती दिनदेखि नै विभिन्न विधालाई समेटेर कक्षा संचालन गर्दै आइरहेको बताउनुभएको थियो । उहाँले आधारभूत शिक्षाले नै विद्यार्थीहरुको क्षमता पहिचान गर्ने हुँदा यसमा नाटक विषयलाई पनि विद्यालयमा समेट्न पाउँदा निकै खुशी लागेको बताउनुभएको थियो ।

आफ्नो वडाभित्र रहेको दिव्य एकेडेमीले विद्यार्थीहरुको लागि सिर्जनात्मक कार्यक्रम संचालन गर्न लागेकोमा देवचुली वडा नं १ का वडाध्यक्ष कृष्ण बहादुर केसीले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा दिव्य एकेडेमीका प्रधानाध्यापक कोपिला भण्डारीले विद्यार्थीहरुले नाटक अध्यापन कार्यक्रमबाट धेरै कुरा सिक्न सक्ने हुँदा अनुशासित ढंगले आँफू प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गर्दै यस कार्यक्रम मार्फत भविष्यमा राम्रो नतिजा पाउनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ह्याप्पी एफ एमका आर्ट डाइरेक्टर आरोहण गुरुकुलका नाट्यकर्मी राज न्यौपानेले नाटकको विषयमा जानकारी गराउनुभएको थियो । नवलपुर जिल्लाको नाट्य इतिहासलाई नयां शिराबाट अगाडि बढाउन नाट्य शिक्षा अध्यापन देवाचुलिमा सुरु गरिएको औपचारिक कार्यक्रमको सहजीकरण गर्नु भएका ह्याप्पी एफ एमका स्टेशन म्यानेजर आदर्श सुशिलले बताउनुभयो ।

ह्याप्पी एफ एमले गत साल फागुनमा नवलपुरमै पहिलो पटक थिएटरमा एक चिहान नाटक मञ्चन गरेको थियो । एफ।एमले यस बर्षपनि दशैंतिहारको बिचमा विद्यालयकै पाठ्यपुस्तकमा आधारित अर्को नाटक मञ्चन गर्ने तयारीमा छ ।

Write your Comment