आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कालीगण्डकी चोकदेखि ढोँडेनीसम्म शनिबार साइकल दौड हुँदै

    प्रकाशित २०८० श्रावण १२, शुक्रबार (१ साल अघि)


गैँडाकोट।गैँडाकोटमा शनिबारदेखि साईक्लिङ प्रतियोगिता हुने भएको छ । लियो क्लव अफ गैंडाकोट मौलाकालिका एवम् नगर युवा सञ्जाल गैंडाकोटको आयोजनामा प्रथम गैंडाकोट साईक्लिङ प्रतियोगिता- २०८० हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।गैँडाकोटको कालिगण्डकी चोकदेखि सुरु हुने साईक्लिङ वडा नम्बर ३ को श्रीकृष्णगण्डकी माध्यमिक विद्यालय परिसरमा पुगेर समापन हुनेछ । यसको दुरी करिव ९ हजार ३ सय मिटर रहेको छ ।

‘स्वच्छ वातावरण स्वस्थ्य शरिर’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने नगर युवा सञ्जाल गैंडाकोटका अध्यक्ष रोशन दर्लामीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि गैंडाकोट नगरपालिका, सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर, इलाका प्रहरी कार्यालय गैंडाकोट, गैंडाकोट खेलकुद समितिलगायतले सहयोग गरेको दर्लामीले बताए ।

पत्रकार सम्मेलनमा गैँडाकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रकाश सापकोटा, लियो क्लव अफ गैँडाकोट मौलाकालिकाका पूर्व अध्यक्ष प्रदीप सापकोटा र क्लवका सचिव सुगम पोखरेललगायतले प्रतियोगिताको उद्देश्य र महत्त्व बारेमा बोलेका थिए ।

Write your Comment