आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

साफ यू-१६ च्याम्पियनसिपका लागि गण्डकीबाट ४५ खेलाडी छनोट

    प्रकाशित २०८० श्रावण १०, बुधबार (९ महिना अघि)


पोखरा।साफ यू–१६ च्याम्पियनसिप-२०२३ का लागि गण्डकी प्रदेशबाट ४५ खेलाडी छनोटमा परेका छन्।दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार आउँदो भदौ १५ देखि २५ गतेसम्म मित्र राष्ट्र भुटानमा आयोजना हुने च्याम्पियनसिपमा जान निर्माण गरिने टिमका लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपका लागि यु-१६ राष्ट्रिय टोली छनोटका लागि जिल्ला र प्रदेश छनोट गरिरहेको छ। सोही छनोटअन्तर्गत गण्डकीमा जिल्ला लगत्तै प्रदेश छनोट सम्पन्न भएको हो। नौ जिल्लाको सहभागिता रहेको प्रदेश छनोटमा कुल २१८ जना खेलाडीको सहभागिता रहेको गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले बताए। उनका अनुसार तनहुँबाट ४३, बागलुङबाट २५, स्याङ्जाबाट २३, पर्वतबाट २५, मनाङबाट २, गोर्खाबाट ३२, नवलपुरबाट ३० र लमजुङबाट १६ खेलाडीको सहभागिता थियो।

गोर्खाबाट असीम गुरुङ, अङ्कित अधिकारी, दिलबहादुर नेपाली, कुशल गुरुङ, नवीन सुनार, नीराजन श्रेष्ठ, रोशिक पौडेल र समीर तामाङ, स्याङ्जाबाट अज्जवल रेग्मी, सुस्विन थापा मगर, सफल गुरुङ र अमृत कुमाल र कास्कीबाट आकृष्ट महत, आशिष गुरुङ, अरुण विक, अश्विन विक, गिरी मगर, कुञ्जन पौडेल, मिजास केसी, निर्मल चोचाङ्गी, सुभरत थापा र सभोग सुवेदी छन्। यस्तै पर्वतबाट सुशान्त थापा र नितेश श्रेष्ठ, नवलपुरबाट आशिष तामाङ, अशोक थापा मगर, अभिषेश कुँवर क्षेत्री, विश्व कुमार, गणेश विक, मानबहादुर तामाङ, सौगात महत, सुजल मल्ल, सुन्दर पुलामी र सुशील वि.क. छनोट भएका छन्। यस्तै तनहुँबाट सुमित कुँवर, रोशन थापा, दिवस सुनार, एयोन राना र विकल तिमिल्सिना, लमजुङबाट असीम नेपाली, विपिन तामाङ, मनोज वि.क. र प्रजय गुरुङ, बागलुङबाट सक्षम बोहोरा तथा मनाङबाट निजम गुरुङ छनोटमा परेका छन्।

छनोट खेल संयोजक मिलन गुरुङका अनुसार छनोट चरण निकै राम्रो भएको छ। पोखरा रंगशालामा भएको छनोटको मुख्य प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए। उनको टिमले नै खेलाडी छनोट गरेको थियो। अब प्रदेश छनोटमा परेका खेलाडीको अन्तिम छनोट काठमाडौंमा हुने छ। काठमाडौंमा छनोट भएपछि नेपाली यू-१६ पुरुष राष्ट्रिय टोली घोषणा गरी बन्द प्रशिक्षणमा राखिने छ।

Write your Comment