आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते

    प्रकाशित २०८० अषाढ २९, शुक्रबार (१० महिना अघि)


चितवन।काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित हुँदा भरतपुर–२९ दासढुंगामा पल्टिएको छ ।

शुक्रबार बिहान करिब ५ः२० बजेको समयमा दासढुंगा नजिकै १४ किलो भन्ने स्थानमा उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । बस रुखमा अड्कँदा बसमा सवार चालक सहित ४० जना मध्ये १९ जना घाईते भएको पण्डितले बताए ।

घाइतेहरुको भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

Write your Comment