आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुलीमा पाँच जना स्वास्थ्य स्वयंसेविका सम्मानित

    प्रकाशित २०८० अषाढ २१, बिहिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकाले पाँच जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा बुधबार महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।


देवचुली ७ की शुकमाया तामाङ,देवचुली १३ की शारदा अधिकारी ,देवचुली १४ की शान्तिदेवी पौडेल, देवचुली १६ की देवीमाया मगर्नी र देवचुली ८ की स्व. नौमाया बाचेका श्रीमान दलबहादुर बाचेलाई नगरपालिकाले सम्मान गरेको हो । सम्मानित शुकमाया तामाङ,शान्तिदेवी पौडेल,देवीमाया मगर्नी ६० वर्षीय उमेर पूरा गरी स्वयंसेविकाबाट राजिनामा दिएका थिए भने नौमाया बाचेको मृत्यु भएको र शारदा अधिकारी स्वेच्छिक राजीनामा दिएकी हुन् ।पाँचै जनालाई प्रमुख प्रशासकीय अधिकृत, नगर प्रवक्ताद्वारा टीका , खादा र मायाको चिनोसहित सम्मान गरिएको हो। सम्मानितहरुलाई नगद रु ३० हजार समेत प्रदान गरिएको थियो।

आफ्नो लामो समय समुदायमा स्वयंसेवक भएर बिताएको ,वडाका धेरै आमा बच्चालाई सहयोग गर्ने अवसर पाएकोले सदैव आफुले गरेको कामले गौरवान्वित गराउने सम्मानित स्वयंसेविका शुकमाया तामाङले बताईन । स्वास्थ्य स्वयंसेविकाहरुका लागि आफुहरुले नगरपालिकासँग राखेको अनुरोध पूरा गरिदिन समेत तामाङले अनुरोध गरिन ।

देवचुली नगरपालिकाका विभिन्न अभियान सफल पार्न स्वास्थ्य स्वयंसेविकाहरुले महत्त्वपूर्ण भूमिका खेलेको र नगरले आगामी दिनमा स्वास्थ्य स्वयंसेविकाहरुका समस्याहरु समाधानका लागि सहयोग गर्ने नगर प्रवक्ता तिलप्रसाद काफ्लेले बताए ।

देवचुली नगरपालिकामा ४१ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुबाट निरन्तर नगरका विभिन्न अभियानहरुमा सहयोग भईरहेको स्वागतका क्रममा देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको अध्यक्षता भएको कार्यक्रममा नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरु,महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले गरेका थिए।

Write your Comment