आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा बेसहारा परिवार विहिनहरुको सेवा सम्बन्धि अन्तरक्रिया

    प्रकाशित २०८० अषाढ १३, बुधबार (१ साल अघि)


देवचुली। देवचुली नगरपालिकामा बेसहारा परिवार विहिनहरुको सेवा सम्बन्धि अन्तरक्रिया गरिएको छ। देवचुली नगरपालिका र मानव सेवा आश्रमबिच नगरप्रमुखको कार्यकक्षमा मंगलबार अन्तरक्रिया तथा छलफल गरिएको हो।

अन्तरक्रियामा देवचुली नगरपालिकाबाट हरिप्रसाद न्यौपाने, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, वडा नम्बर १ का वडा अध्यक्ष कृष्णबहादुर केसी,बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष दिनानाथ भुसाल लगायतको उपस्थित रहेको थियो भने मानव सेवा आश्रमबाट केन्द्रिय अध्यक्ष रामजी अधिकारी,महासचिव सुशीला के सी,कोषाध्यक्ष होमनाथ तिमिल्सिना,सदस्य नीता के सी र गोविन्द संजेलको उपस्थिति रहेको थियो।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले संस्थाले हालसम्म देशभरमा गरिरहेको कार्य, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त निर्माणका लागि गरिएका प्रयासहरू र आगामी योजनाहरूमा बारेमा जानकारी गराउनुभएको थियो ।देवचुली नगरपालिकाले जग्गाको व्यवस्थापन गरेमा मानव सेवा आश्रमसँगै अन्य पुर्वाधार निर्माणका लागि तयार रहेको अधिकारीले बताउनुभयो ।

देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले मानव सेवा आश्रमले गरिरहेको कार्यको प्रसंशा गर्दै आश्रमका लागि जग्गा व्यवस्थापन गर्न नगरपालिका तयार रहेको र नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

Write your Comment