आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर गैंडाकोटका दुई बालकको ज्यान गयो

    प्रकाशित २०८० अषाढ ८, शुक्रबार (१ साल अघि)


नवलपुर ।नवलपुरको गैंडाकोटमा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका- ३ तात्रीबासस्थित सिँचाईको पोखरीमा डुबेर गैँडाकोट-४ स्थित ज्ञानकुञ्ज स्कुलमा कक्षा ६ मा अध्ययनरत प्रतीक परियार र प्रविन श्रेष्ठको मृत्यु भएको स्कुलका प्रधानाध्यापक डिबि गुरुङले बताए ।

गर्मी छल्नका लागि बालकहरु पोखरीमा पौडी खेल्दा दुर्घटना भएको हो । आज शुक्रबार विद्यालय छुट्टी भएपछि उनीहरू पोखरीमा नुहाउने क्रममा डुबेका थिए । दुबै जनालाई पोस्टमार्टमा लागि भरतपुर अस्पताल लगिएको गैंडाकोट प्रहरीले जनाएको छ ।

 

Write your Comment