आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

कावासोती १ मा किशोरकिशोरीहरुलाई नेतृत्व क्षमता सीप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० अषाढ ७, बिहिबार (१० महिना अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर १ मा किशोरकिशोरीहरुलाई नेतृत्व क्षमता सीप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कावासोती १ मा रहेको महाराजा आधारभुत विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत किशोरकिशोरीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहजकर्ता राधादेवी बोटेले किशोरी सशक्तिकरण कार्यक्रम, किशोरीहरुले लिएका तालिमहरु र टोल, समुदाय, विद्यालय, वडामा गर्दै आएका गतिविधिहरु, नेतृत्व क्षमता सीप सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गर्नुको उदेश्यको बारेमा बताउनु भएको थियो ।

कार्यक्रममा नेता र नेतृत्व भनेको के हो ?, नेतृत्वको महत्त्व र आवश्यकता किन छ ?, असल नेतृत्वकर्तामा हुनु पर्ने गुणहरु केके हुन् ?, नेतृत्व क्षमता सीप अभिवृद्धि कसरी गर्न सकिन्छ ?, किशोर किशोरीहरुको जिम्मेवारी र कर्तव्यहरु केके हुन् ? भन्ने कुराहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा किशोरी अभियन्ता सवनम सुनार, हरिकला गुरुङ र सरस्वती पराजुलीले विषयवस्तुहरु बारे सहजीकरण गर्नु भएको थियो ।

विद्यालय बाल क्लबका अध्यक्ष आनन्द रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगर बाल संजालका अध्यक्ष मनिष न्यौपाने प्रमुख अतिथ्यतामा रहेको थियो। त्यसै गरि विद्यालयका प्रधानाध्यापक विमला श्रेष्ठ र शिक्षक देव बहादुर गाहा, विद्यालय बालक्लव, जुनियर रेडक्रस र स्काउटका प्रतिनिधिहरु, किशोर किशोरीहरु, साथी शिक्षकहरु र सहजकर्ता राधादेवी बोटेको सहभागिता रहेको थियो ।

 

Write your Comment