आज:  २०८१ जेष्ठ ८, मंगलबार | Tue, 21, May, 2024 Search
FLASH NEWS

योग (कविता)

    प्रकाशित २०८० अषाढ ६, बुधबार (११ महिना अघि)


त्रिदेव पौडेल
नेपालको पुरानो जीवनशैली हो योग
ज्ञान विज्ञानको मेरुदण्ड साधनाको भोग ।

मानिसलाई स्वास्थ जीवन बाँचन सिकाउने
मन शान्त बनाउन हामीलाई विउझाउने ।

नेपाली कला, संस्कृति र सभ्यताको सुन्दरता
भावना र सोचमा ल्याउँछ योगले स्वच्छता ।

नियम, आशन, प्रणायम, प्रत्याहार धारण गरौँ
दु:ख निवारणका लागि योग शक्ति अपनाऔँ ।

योगको महत्वलाई बाल्यकालबाट नै बुझौँ
सत्मार्ग पहिल्याउँदै योग अभ्यास साधना गरौँ ।।

Write your Comment