आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

कावासोती १२ मा नारायणी नदी किनार एवं धार्मिक क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० जेष्ठ २७, शनिबार (१ साल अघि)


कावासोती। कावासोती नगरपालिका वडा नम्बर १२ मा नारायणी नदी किनार एवं धार्मिक क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२को आयोजनामा पिठौली चौर युवा समितिको सहजीकरणसँगै साविक पिठौली १ का विभिन्न टोलहरुको साझेदारीमा नारायणी नदी किनार एवं धार्मिक क्षेत्र सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो।


वडा कार्यालयले अभियान नै बनाएर नदी किनारको वातावरण सफा बनाउनका लागि लागिरहेको कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल दिपेशले बताउनुभयो ।उहाँले फोहोर गर्ने र टिप्ने भन्दा पनि फोहोरलाई रोक्नको लागि र आफ्नो फोहोर व्यवस्थापनको लागि सबैलाई अनुरोध समेत गर्नुभएको थियो।

नारायणी नदीको सभ्यता, वन्यजन्तुको संरक्षण ,पर्यावरण र पर्यटनको विकासको लागि समेत जथाभावी फोहोर फाल्न नहुने अध्यक्ष खनालले बताउनुभयो । सरसफाई अभियानमा सहभागीहरुलाई वडाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै खनालले फोहोर जथाभावी नफाल्नका लागि टोल टोलमा सचेत गराउनका लागि आग्रह गर्नुभएको थियो।


सरसफाई कार्यक्रममा वडा अध्यक्ष, वडा सदस्यहरु,वडा सचिव ,टोल विकास संस्थाका पदाधिकारीहरु,विभिन्न टोलका टोलबासीहरुको उपस्थिति रहेको थियो।

Write your Comment