नवलपुर । गण्डकी प्रदेश स्तरीय महिला फुटबलको उपाधी नवलपुरले उचालेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा जेठ २३ गतेदेखी जारी प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा स्याङ्जालाई पराजित गर्दै नवलपुरले उपाधी उचालेको हो ।
फाइनल खेलमा स्याङ्जालाई नवलपुरले ५-१ गोल अन्तरले पराजित गरेको जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताउनुभयो । २३ गते देखि कावासोतीको सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिताको आज फाइल प्रतिस्पर्धा भएको हो ।
विजेता हुँदै नवलपुरले रु. ५० हजार प्राप्त गरको छ । उप विजेता स्याङ्जाले रु.३० हजार प्राप्त गरेको छ । विजेता ,उप विजेता सहित उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्तालाई पुरस्कार सहित मेडल प्रदान गरिएको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता भएको थियो ।