आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नेपाल मगर संघ देवचुली १० को अध्यक्षमा भुवन सिं आले मगर चयन

    प्रकाशित २०८० जेष्ठ २०, शनिबार (१० महिना अघि)


डण्डापानी न्यौपाने,देवचुली । नेपाल मगर संघ देवचुली १० को अध्यक्षमा भुवन सिं आले मगर सर्वसम्मत चयन भएका छन् । आज भएको तेस्रो वडा अधिवेशनबाट आले मगरको अध्यक्षता १३ सदस्यीय समिति चयन गरिएको हो।


जसको वरिष्ठ उपाध्यक्षमा टीका बहादुर आले मगर ,उपाध्यक्षमा धन बहादुर घर्ती मगर ,सचिवमा गन बहादुर राना मगर ,कोषाध्यक्षमा खिमा सारु मगर,सह सचिवमा शोभा राना आले मगर र सदस्यहरुमा डिल बहादुर सारु मगर, पुर्ण बहादुर सारु मगर, हेमलाल आले मगर, हुमिसरा आले मगर,खुममाया चितौरे मगर, रोमती सारु मगर र यानमाया आले राना मगर चयन भएका हुन् । अधिवेशनले रनबहादुर आले मगरको संयोजकत्वमा धन बहादुर सारु मगर र डिल कुमारी घर्ती आले मगर सदस्य रहने गरि ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ।

नेपाल मगर संघ देवचुली १० का उपाध्यक्ष रेजिना आले मगरको अध्यक्षता भएको अधिवेशनको खुला सत्रमा देवचुली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेप्ती कुमार घर्ती मगरको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसै गरि अधिवेशनमा जिल्ला मगर संघ सदस्य उमा वान्टकी, जिल्ला समन्वय समिति नवलपुरका निवर्तमान सदस्य खिमा सारुको विशेष आतिथ्यता रहेको थियो।खुला सत्रको कार्यक्रम सहजीकरण शोभा राना आले मगर गर्नुभएको थियो।

Write your Comment