आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

अत्याधिक गर्मीका कारण देवचुलीका विद्यालय बन्द

    प्रकाशित २०८० जेष्ठ १८, बिहिबार (१० महिना अघि)


देवचुली । नवलपुरमा अत्याधिक गर्मी बढेपछि देवचुली नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द गरेको छ ।

सो नगरपालिकाले बिहीबार एक सुचना जारी गरी गर्मीका कारण वालवालिकालाई पढाउन सक्ने अबस्था नरहेको भन्दै चार दिन विद्यालय बन्द गरेको जनाएको छ । जेठ १९ गते देखि २२ गते सम्म बर्षे बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गरिएको नगर शिक्षा अधिकारी रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

गर्मीको कारण देखाउदै नवलपुरका कावासोती नगरपालिका ,मध्यबिन्दु नगरपालिका ,विनयी त्रिवेणी गाउँपालिकाले पनि विद्यालय बन्द गरेका छन् ।नवलपुरमा आजको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको थियो । केहीदिन अघि नवलपुरमा ४१ डिग्रीसम्म तापक्रम पुगेको थियो ।

Write your Comment