आज:  २०८० आश्विन ९, मंगलबार | Tue, 26, Sep, 2023 Search
FLASH NEWS

पौडी खेल्दा डुवेर हराएका बालकको शव भेटियो

    प्रकाशित २०८० जेष्ठ १७, बुधबार (३ महिना अघि)

देवचुली। नवलपुरको नारायणीमा पौडी खेल्दा पानीमा डुवेर हराईरहेका एक बालकको शव भेटिएको छ ।सोमबार दिउँसो साथीहरुसँग नदीमा पौडी खेल्न गएका देवचुली १ का १५ बर्षका संयोग ढकाल पानीमा डुवेका थिए । प्रहरी, ससस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारी र स्थानीय डुंगा चलाउन र पौडी खेल्न सिपालु बोटे, माझीहरुको निरन्तरको खोजतलासपछि मंगलबार नदीको तल्लो सतहमा झारमा जेलिएको अवस्थामा शव बाहिर निकालिएको जिल्ला प्रहकारी कार्यालयका सुचना अधिकारी सन्तोष पाठकले बताउनु भयो ।

देवचुली १ स्थित नेपाल नमूना माविमा अध्ययनरत संयोग सोमबार दिउँसो ५ जना गाउँकै साथीसहित पौडी खेल्न गएका थिए । संयोग नदीमा हराएपछि साथीहरुले स्थानीयसँग हारगुहार गरेका थिए । लगत्तै प्रहरीले जानकारी पाउनासाथ घटनास्थलमा पुगेर रातीसम्म खोजतलास गरेका थिए ।

सोमवार फेला पार्न नसकेपछि चितवनबाट गोताखोरको टोली मगाईएको भए पनि टोली आउनुपूर्व नै बिहान पौने १० बजे शव फेला परेको वडाअध्यक्ष कृष्णबहादुर केसीले बताउनु भयो । शव पोष्टमार्टम प्रक्रियाका लागि पठाएर घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ ।

Write your Comment