आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

कावासोती १२ मा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०८० जेष्ठ १४, आईतबार (१० महिना अघि)


कावासोती। नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १२ मा वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजनामा वडाभित्रका १४ टोल विकास संस्थाका अगुवाहरुलाई शनिबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयको सभाहलमा १ दिनको अभिमुखिकरण सम्पन्न गरिएको हो।


वडामा फोहोरमैला व्यवस्थापन गर्नका लागि टोल तहबाट गर्नुपर्ने कार्य,फोहोरलाई स्रोतमा नै व्यवस्थापन गर्न सकिने उपायहरुको बारेमा छ्लफल गर्नका लागि कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो ।कार्यक्रममा युवा अधिकारकर्मीहरु दिपक शर्मा र राजु चापागाईंले सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी उमा गुरुङले आफ्नो टोलको फोहोरमैला व्यवस्थापन लागि गर्नका सबैलाई सुचित गर्ने र फोहोरको वर्गीकरण गरि व्यवस्थापन गर्न लाग्ने बताउनुभयो ।

वडा अध्यक्ष ध्रुव खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव, वडा सदस्यहरु,टोल विकास संस्थाका पदाधिकारीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। वडा सदस्य केवल गुरौले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको संचालन बन्दना तिवारीले गर्नुभएको थियो।

Write your Comment