आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

प्रेस चौतारी नवलपुरको नवौं साधारण सभामा एमाले नेता पृथ्वी सुब्बा आउने

    प्रकाशित २०८० जेष्ठ १३, शनिबार (११ महिना अघि)


नवलपुर।प्रेस चौतारी नेपाल, नवलपुर शाखाको नवौं साधारण सभा आगामी जेठ १७ गते बुधबार कावासोतीको सितारा रिसोर्टमा आयोजना गरिएको छ। सभामा प्रमुख अथितिको रूपमा नेकपा एमालेका उप-महासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरूङको उपस्थिति रहने छ।

शनिवार कावासोतीमा बसेको प्रेस चौतारी नेपाल, नवलपुर शाखाको सचिवालय समितिको बैठकले साधारण सभा सभ्य र भव्य ढंगले सु-सम्पन्न गर्न आवश्यक व्यवस्थापकीय कार्य अघि बढाईसकेको अध्यक्ष सालिकराम कोइरालाले जानकारी गराए। प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल लगाएत चौतारीका नेतालाई साधारण सभामा विशिष्ट आतिथिको रूपमा आमन्त्रण गरिएको छ।

नवौं साधारण सभामा प्रेस चौतारी नवलपुरले प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार भविश्वर पाण्डे र विकास पत्रकारिता पुरस्कार दयाराम आचार्यलाई प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका संयोजक एवं प्रेस चौतारी नवलपुरका संस्थापक अध्यक्ष होमनाथ जैसीले जानकारी गराए। पुरस्कारको राशि दश,दश हजारको रहेको छ।

त्यस्तै गरि बैठकले नेपाल पत्रकार महासंघ नवलपुर शाखाको सदस्यता शुद्विकरण अभियानमा निर्मम ढंगले लाग्ने निर्णय गरेको छ। महासंघले निर्धारण गरेको मापदण्ड भित्र नपर्ने कोही-कसैको पनि सदस्यता नविकरण नगर्ने चौतारीको सचिवालय समितिले निर्णय गरेको छ। सदस्यता शुद्विकरणको अभियानमा डटेर लाग्न चौतारीले आफ्ना सदस्यहरूलाई निर्देशन दिएको छ।

Write your Comment