आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देवचुली ११ मा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

    प्रकाशित २०८० जेष्ठ ६, शनिबार (११ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर ११ मा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । देवचुली नगरपालिका आयुर्वेद शाखाको आयोजनामा शनिबार विभिन्न किसिमका रोगहरुमा एक दिने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।


शिविरमा ३ सय ३० जनाले स्वास्थ्य सेवा लिएका थिए ।स्थानीय बासिन्दाहरुलाई लक्षित गरि संचालित स्वास्थ्य शिविरमा नि:शुल्क विभिन्न रोगको उपचार सेवाहरु प्रदान गरिएको थियो। जसअन्तर्गत उपचार गराएका बिरामीहरुलाई नि:शुल्क औषधी समेत वितरण गरिएको देवचुली नगरपालिका आयुर्वेद शाखा प्रमुख कृष्ण प्रसाद शर्माले बताउनुभयो । यस्तै शिविरबाट नि:शुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श दिईएको थियो। शिविरमा डाक्टर चन्द्रकान्त ज्ञवाली र डाक्टर सुजाता शर्मा सहित वरिष्ठ कविराजहरुको टिमले बिरामीहरुको चेकजाँच गरेका थिए ।


देवचुली नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा नगर प्रवक्ता तिलप्रसाद काफ्लेको अध्यक्षता भएको शिविरको उदघाटनमा प्रगतिनगर स्वास्थ्य चौकी प्रमुख लोकनाथ अर्याल,वडा सचिव रचना पौडेल,वडा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो।

शिविरको उदघाटन क्रममा बोल्दै नगर प्रवक्ता काफ्लेले अस्पतालसम्म जान नसक्ने घरपरिवारका बिरामीलाई स्वास्थ्य शिविरले महत्वपुर्ण सेवा प्रदान गर्ने अपेक्षा आफुले लिएको बताउनुभयो । आगामी दिनहरुमा समेत वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै विविध किसिमका स्वास्थ्य शिविरको आयोजना गरिने अध्यक्ष काफ्लेले जानकारी दिनुभयो ।वडामा नि:शुल्क रुपमा आयुर्वेद स्वास्थ्य शिविर राखिएकोमा सेवाग्राही निकै खुसी भएका छन् ।


स्वास्थ्य शिविर कार्यक्रमको सञ्चालन आयुर्वेद शाखाका प्रमुख कृष्णप्रसाद शर्माले गर्नुभएको थियो।

Write your Comment