आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्रगतिनगर खानेपानीद्वारा छाडा चौपाया व्यवस्थापन स्थलमा टहरा निर्माण

    प्रकाशित २०८० जेष्ठ ५, शुक्रबार (१ साल अघि)


देवचुली। नेपालकै उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले छाडा चौपाया व्यवस्थापन स्थलमा टहरा निर्माण गरेको छ। संस्थाको पुर्ण सहयोगमा छाडा चौपाया लागि बस्नका लागि टहरा निर्माण गरिएको हो।

देवचुली नगरपालिकामा छाडा चौपायाले किसानले लगाएको बालीनाली नोक्सान गरेकाले नगरपालिकाले देवचुली १० प्रकृतिटोलमा तारबार गर्दै छाडा चौपाया व्यवस्थापन गर्दै आएको थियो। बर्खायाम लागेसँगै छाडा चौपायालाई सुरक्षित रुपमा बस्न मिल्ने गरि टहरा निर्माण गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो । किसानको बालीनाली जोगाउन संस्थाद्वारा सामाजिक कार्यमा सहकार्य शीर्षक अन्तरगत टहरा निर्माण गरिएको उहाँले बताउनुभयो । खुल्ला चउरमा रहेका छाडा चौपायालाई पानी पर्दा बस्न मिल्ने र किसानको बालीको पनि संरक्षण हुने हुँदा टहरा निर्माणलाई प्राथमिकता दिइएको उहाँको भनाई छ।

देवचुली नगरपालिकाले उक्त स्थानमा छाडा चौपायाको व्यवस्थापन स्थल बनाए सँगै बालीनालीको संरक्षण भएको स्थानीयले बताए । छाडा चौपाया व्यवस्थापन स्थलमा खुल्ला आकाशमा रहेका चौपायालाई बर्खायाममा सुरक्षित बस्नका लागि टहरा निर्माण गरेकोमा देवचुली वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो। अहिले उक्त स्थानमा ३० वटा छाडा चौपाया रहेका छन् ।

 

Write your Comment