आज:  २०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024 Search
FLASH NEWS

कावासोतीमा लागुपदार्थ दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० जेष्ठ ३, बुधबार (१ साल अघि)


कावासोती । कासोती नगरपालिका वडा नम्बर ८ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा किशोर किशोरीहरुलाई लागू पदार्थ दुर्व्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल तथा कावासोती वडा नम्बर ८ द्वारा  मंगलबार विद्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।


विद्यालय उमेरका किशोरकिशोरीहरु लागुपदार्थको प्रयोगबाट हुने बेफाइदा तथा यसका असरहरुको जानकारी गराउँदै दुर्व्यसनीबाट जोगाउनका लागि कार्यक्रम आयोजना गरिएको शशी कार्कीले बताउनुभयो ।सचेतनामुलक कार्यक्रममा लागु पदार्थ दुर्व्यसन भनेको के हो? लागुपदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक क्षेत्रमा पार्ने प्रभावहरु, दुर्व्यसनमा फस्ने कारणहरु, दुर्व्यसनीलाई रोकथाम तथा न्यूनीकरण गर्ने उपायहरु र भुमिका बारेमा छलफल गरिएको हो । सो कार्यक्रमको सहजीकरण किशोरीहरु शशी कार्की, इच्छा गुरुङ, एन्जल भुसाल र दिया लम्सालले गर्नु भएको थियोे ।

विद्यालय बालक्लवका उपाध्यक्ष रमन चापागाईं अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय बालक्लवका फोकल शिक्षक टीका सापकोटा , विद्यालय बाल क्लबका प्रतिनिधिहरु,किशोर किशोरीहरु, शिक्षकहरु लगायत गरि ६६ जनाको सहभागिता रहेको थियो ।

 

Write your Comment