आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा जिल्लास्तरीय खानेपानी गुणस्तर निगरानी समिति गठन

    प्रकाशित २०८० जेष्ठ ३, बुधबार (११ महिना अघि)


देवचुली। नवलपुरमा जिल्लास्तरीय खानेपानी गुणस्तर निगरानी (सर्भिलेन्स) समिति गठन गरिएको छ। नवलपुर भित्र संचालित खानेपानी आयोजना व्यवस्थित रुपमा वातावरणीय अनुगमन तथा खानेपानी सुरक्षा योजनाको नक्साङ्कन साथै खानेपानी गुणस्तर निगरानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि बुधबार स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो।

समितिको सदस्यहरुमा खानेपानी इकाइ कार्यालय नवलपुरका प्रतिनिधि टेकबहादुर पूलामी,खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, डण्डाबाट सोभित शर्मा, गैंडाकोटबाट पार्वती शर्मा लम्साल, मध्यबिन्दुबाट उदयराज अर्याल, कावासोतीबाट रमिला भुजेल, देवचुलीबाट गंगाबहादुर थापा, हुप्सेकोटबाट ओमनसिंह रजाली, विनयी त्रिवेणीबाट बालु पुरी र सदस्य सचिवमा स्वास्थ्य कार्यालय नवलपुरका डिल्लीराम तिवारी रहेका छन।

खानेपानी गुणस्तर सर्भिलेन्स निर्देशिका २०७० (प्रथम संशोधन २०७६) अनुसार जिल्लामा समिति गठन गरिएको खानेपानी महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।

Write your Comment