आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

नारायणीमा ‘सिग्नेचर पुल’ बनाउने निर्माण कम्पनी छनोट, पुलको आयु कम्तिमा सय वर्ष हुने

    प्रकाशित २०८० बैशाख २७, बुधबार (१० महिना अघि)

नवलपुर । पूर्व-पश्चिम राजमार्गमा पर्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिए ।

उनका अनुसार अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको यो पुल दुई लेनको हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । अहिले नारायणी नदीमा रहेको पुल पनि दुई लेनको नै छ । २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।

महाशाखा प्रमुख शाक्यले भने, “नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ । डेढ अर्ब रुपियाँको लागतमा सो पुल निर्माण हुन गइरहेको छ । स्वदेशी लगानीमा नै यो पुल निर्माण हुन लागेको हो । सो पुल निर्माणको लागि तुँदी निर्माण कम्पनी छनोट भएको हो । यस पुलको निर्माण अवधि चार वर्ष रहेको छ ।’’

उनका अनुसार यस पुल निर्माणका लागि चार महिनाअघि गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा दुई वटा निर्माण कम्पनीले आवेदन दिएका थियो । तुँदी र अनक निर्माण कम्पनीले बोलपत्र भरेकोमा तुँदी निर्माण कम्पनी छनोट भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

 

Write your Comment