आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुली १२ वडा बाल संजालको अध्यक्षमा सुलभ काफ्ले चयन

    प्रकाशित २०८० बैशाख २३, शनिबार (११ महिना अघि)


देवचुली। देवचुली नगरपालिका वडा नम्बर १२ मा सुलभ काफ्लेको अध्यक्षतामा वडा बाल संजाल गठन गरिएको छ। शनिबार दिव्य ज्योति आधारभूत विद्यालयमा देवचुली नगरपालिका वडा नम्बर १२ मा रहेका सात वटा टोल सुधार समितिबाट छ्नोट भइ आएका बालबालिकाको भेलाले काफ्लेको अध्यक्षतामा १७ सदस्यीय वडा बाल संजाल गठन गरेको हो।

जसको उपाध्यक्षहरुमा भुमिका पौडेल,मनिष काफ्ले र समीर बिक,सचिवमा वर्षा बिक,सह-सचिवमा सनिशा नेपाली,कोषाध्यक्षमा सफल भुर्तेल,सदस्यहरुमा रश्मि सुनार,विजन पन्त,शैलेश काफ्ले,दर्पण पौडेल,समिक्षा न्यौपाने,निकिता बाचे मगर,आयुष भुसाल,भावना भन्डारी,टीकाराम तिवारी र सफल तामाङ रहेका छन् ।

देवचुली नगरपालिका वडा नम्बर १२ का अध्यक्ष लोकप्रसाद भुर्तेलको अध्यक्षता भएको बाल संजाल गठन कार्यक्रममा देवचुली नगरपालिका कार्यपालिका सदस्य फुलमाया बिक,वडा सदस्य धर्माकुमारी न्यौपाने ,नगर बाल संजालका सदस्य दिप वाग्ले,दिव्यनगर टोल सुधार समितिका अध्यक्ष पदमबहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरुलाई सक्रिय हुँदै आफ्नो हक अधिकार सँगै कर्तव्यको पालना गर्नका लागि सबै बालबालिकाहरुलाई वडा अध्यक्ष भुर्तेलले अनुरोध गर्नुभएको थियो। वडाले बाल संजालले निर्णय गरि माग गरेका योजनाहरुलाई वडा कार्यालयले सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित बाल संजालका अध्यक्ष काफ्लेले वडासँगै सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। देवचुली नगर कार्यपालिका सदस्य फुलमाया बिकले वडा संजाल गठन प्रक्रियाका बारेमा सहजीकरण गर्नुभएको थियो बने नव निर्वाचित संजालका सदस्यहरुलाई वडा सदस्य न्यौपानेले बधाई ज्ञापन गर्नुभएको थियो।

Write your Comment