आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

राष्ट्रिय स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगिता : इन्डिजिनियस भेट्रान्स काठमाडौं विजयी

    प्रकाशित २०८० बैशाख २२, शुक्रबार (११ महिना अघि)


राजु चापागाई,नवलपुर । कावासोती नगरपालिकामा संचालित राष्ट्रिय स्तरीय भेट्रान्स कप फुटबल प्रतियोगितामा इन्डिजिनियस भेट्रान्स काठमाडौं विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ।

टेन स्टार क्लबको आयोजना तथा जिल्ला फुटबल संघ नवलपुर र कावासोती नगरपालिका वडा नम्बर १७ को समन्वयमा कावासोती १७ मा रहेको सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि खेल सुरु भएको हो। शुक्रबार नवलपुर ११ भेट्रान्सविरुद्ध इन्डिजिनियस भेट्रान्स काठमाडौंबिच भएको खेलमा इन्डिजिनियस भेट्रान्स काठमाडौं ट्राइबेकरमा ५-४ ले विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।खेलमा इन्डिजिनियस भेट्रान्स काठमाडौंका गोलरक्षक नरबहादुर पून म्यान अफ दि म्याच घोषित भएका छन् ।

बैशाख २२ गतेदेखि २७ गते सम्म ४० वर्ष माथिका खेलाडीहरुको सहभागितामा संचालन भएको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी ,सर्वाधिक गोलकर्ता,उत्कृष्ट डिफेन्स,उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा शनिबार काल भैरव भेट्रान्स हेटौंडाका विरुद्ध अभिषेक चर्च रजहरबीच पहिलो खेल र चितवन भेट्रान्सका विरुद्ध नवलपरासी पश्चिम भेट्रान्सबीच दोस्रो खेल हुने खेल संयोजक पुष्प रत्न महतोले बताए ।

शुक्रबारबाट सुरु भएको प्रतियोगिताको समुदघाटन कावासोती नगरपालिकाको नगर उप प्रमुख फुलकुमारी थनेतको प्रमुख आतिथ्यता भएको थियो।समुदघाटनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन,निर्वाचित जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत खेलप्रेमी व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Write your Comment