आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

नेपाल एसीसी प्रिमियर कपको फाईनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

    प्रकाशित २०८० बैशाख १६, शनिबार (१२ महिना अघि)


काठमाडौं । नेपाल काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । भारी वर्षाका कारण कुवेतसँगको खेल रद्द भएर नतिजा विहीन बनेपछि नेपाल समूह विजेताका रुपमा फाइनलमा पुगेको हो ।अब उपाधिका लागि नेपालले सोमबार यूएईको सामना गर्नेछ । अर्को समूहबाट यूएई सेमिफाईनल पुगेको छ ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए । खेल हुन नसकेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

वर्षाले खेल रोकिनु अघि कुवेतका ओपनर आदनान इद्रिस शून्य, रविजा सनदरुवान ९, परविन्दर कुमार १, मित भावसार ५ र मोहम्मद अस्लाम १४ रनमा आउट भए ।नेपालका करण केसीले ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

यस्तै अर्को समूहबाट ओमानलाई हराउँदै यूएई फाईनल पुगेको छ । वर्षाले बाधा उत्पन्न गरेपछि खेलको निर्णय डकवर्थ लेविस नियमका आधारमा हुँदा त्यसको फाईदा यूएईलाई भयो । र, २ रनको झिनो अन्तरले जित हात पार्दै फाईनल पुग्यो ।

२३७ रनको लक्ष्य पछ्याउँदै ओमानले ब्याटिङ गरी ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाएका बेला पानी परेर रोकिएको खेल शुरु हुन सकेन र फाईदा यूएईलाई भयो । ओमानलाई जितका लागि ४२ बलमा ४७ रन चाहिएको थियो । तर खेल अघि बढ्न सकेन् ।

Write your Comment