आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

देवचुली ४ मा शुक्रबारदेखि तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

    प्रकाशित २०८० बैशाख १४, बिहिबार (१२ महिना अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ४ मा शुक्रबारदेखि तेस्रो वडा अध्यक्ष कप खुला भलिबल प्रतियोगिता हुने भएको छ।

देवचुली नगरपालिकाका वडा नम्बर ४ को आयोजना ,वडा खेलकुद समिति देवचुली ४ को सह आयोजना साथै देवचुली नगर खेलकुद विकास समितिको समन्वयमा बैशाख १५ गतेदेखि १८ गतेसम्म शान्तिडाँडा खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको बिजेता टिमले नगद ८० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता टिमले नगद ४० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यस्तै तृतीय टिमले नगद २० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगिताको बेस्ट प्लेयरले ५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने साथै बेस्ट सर्भर, बेस्ट ब्लकर,बेस्ट सेटर,बेस्ट स्पाइकर र बेस्ट डिफेन्डरलाई नगद २/२ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने देवचुली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष गिरबहादुर थापा रामले जानकारी दिनुभयो ।

खेलका लागि टिम दर्ता हुने क्रम जारी रहेको र खेलका लागि अन्य तयारी पूरा भएको वडा खेलकुद समितिका अध्यक्ष गणेश गुरुङले बताउनुभयो ।

Write your Comment