आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुली १० मा कृषकहरुका लागि कृषिजन्य सामग्री वितरण

    प्रकाशित २०८० बैशाख १३, बुधबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर १० मा कृषकहरूका लागि विभिन्न कृषिजन्य सामग्री वितरण गरिएको छ। मंगलबार आर्थिक वर्ष २०७९/०८० को वडास्तरीय बिनियोजन गरिएको बजेटबाट कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तरगत वडा कार्यालयले दर्तावाला कृषकहरुलाई सामग्री वितरण गरेको हो ।


देवचुली १० मा रहेका पशुपालक फर्म,कृषक समूह र मौरीपालक कृषकहरुलाई उनीहरुको आवश्यकता अनुसारको सामग्री वितरण गरिएको देवचुली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरले बताउनुभयो । वडाले पशुपालक कृषकहरुका लागि क्याल्सियम,मिनिरल्स,लिभर टोनिक र ठुलो बाटा,माहुरी पालक कृषकहरुका लागि चिनीमा अनुदान र विभिन्न कृषक समुहलाई मकै रोप्ने मेसिन , मकै छोडाउने मेसिन , हजारी , स्प्रे टंकी, टनेल प्लास्टिक , डिजिटल तुलो , सेतो धागो, जैविक रसायन लगायतका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

देवचुली नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगरको अध्यक्षतामा भएको वितरण कार्यक्रममा नगर कृषि शाखा प्रमुख गगन भट्टराई, कृषि अधिकृत नरेन्द्र भन्डारी, वडा सदस्यहरु , टोल विकास संस्थाका अध्यक्ष एवम् पदाधिकारीहरु , वडा कृषि समितिका सदस्यहरु , कृषि विकास उपभोक्ता समितिका सदस्यहरु लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

Write your Comment