आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकामा महिलाहरुका लागि क्षमता विकास तालिम

    प्रकाशित २०८० बैशाख १२, मंगलबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिकामा महिलाहरुका लागि उद्घोषणकला, नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।


देवचुली नगरपालिकाको सवै वडाहरुलाई समेट्ने गरी दुई चरणमा सञ्चालन गरिने तालिमको मंगलबार नगर प्रमुख हरी प्रसाद न्यैपानेले उद्घाटन गर्नु भएको हो ।तालिमको उद्घाटन गर्नु हुदैँ नगरप्रमुख न्यौपानेले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।

नगरपालिकाको सेवा प्रवाहा,विकाश निर्माण, सुशासन लगायतका विषयमा खबरदारी गर्नका लागि पनि वाककलामा दक्ष बन्नु आवश्यक रहेको उहाँले बताउनु भयो ।तालिममा सिकेको कलाले मौलिक तथा सिर्जनात्मक सोचको विकास गर्न सघाउने हुँदा नगरपालिकाले आगामि दिनमा थप रचनात्मक कार्यहरु सञ्चाल गरिने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।


पहिलो चरणमा देवचुली नगरपालिकाका विभिन्न वडाका ४० जना महिलाहरुको सहभागिता रहेको तालिममा पत्रकार बिष्णु गौडेलले सहजिकरण गर्नु भएको थियो ।

Write your Comment