आज:  २०८१ भाद्र २६, बुधबार | Wed, 11, Sep, 2024 Search
FLASH NEWS

देवचुली ८ मा किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० बैशाख ९, शनिबार (१ साल अघि)


देवचुली । देवचुली नगरपालिका वडा नम्बर ८ मा किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा न ८ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा वडा कार्यालयको सभाहलमा दुई दिनसम्म सशक्तीकरण कार्यक्रम गरिएको हो।


देवचुली नगरपालिका वडा न ८ ले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित बजेटबाट कार्यक्रम गरिएको वडाध्यक्ष नुन प्रसाद बाचेले बताउनुभयो । उहाँकाअनुसार दुई दिनसम्म कार्यक्रममा किशोरी अधिकार,समुदायभित्रका बालबालिकाहरुका साझा र जल्दाबल्दा सवालहरु,किशोरीका साझा सवालहरु,हिंसा,दुर्व्यवहार,असमानता भनेको के हो?,हिंसा कहाँ कहाँ हुन्छ,सवाल पहिचान,हिंसा न्यूनीकरणमा सरोकारवालाहरुको भूमिका,बालमैत्री स्थानीय शासन,सुरक्षित अनलाइनको प्रयोग लगायतका विषयमा सहजीकरण गरिएको हो ।

देवचुली नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नुन प्रसाद बाचेको अध्यक्षता भएको कार्यक्रमको उदघाटन सत्रमा देवचुली नगरपालिका सामाजिक विकास समिति संयोजक तथा देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुमिसरा आलेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मीनबहादुर सोती मगर,देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटा, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

उदघाटन सत्रमा देवचुली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुमिसरा आलेले देवचुली ८ नम्बर वडा कार्यालयले किशोरीहरुलाई प्राथमिकता राखी उनीहरुको सशक्तीकरण गर्नका लागि राखिएको कार्यक्रम फलदायी हुने बताउनुभयो । आफ्नो वडाले पनि आगामी आर्थिक वर्षमा किशोरी अधिकार संरक्षणका लागि कार्यक्रम तय गर्ने बताउनुभयो । त्यसै गरि देवचुली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बलिराम सापकोटाले किशोरीहरुका अधिकार संरक्षणका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । किशोरीमाथि हुने हिंसा,दुर्व्यवहार न्यूनीकरणका लागि हातेमालो गर्न सदैव तयार रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,देवचुली मिडिया प्रालिका राजु चापागाई,किशोरी अभियन्ता आशा विकलगायतले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा देवचुली नगरपालिका वडा न ८ का विभिन्न टोलका किशोरीहरुको सहभागिता रहेको थियो।

Write your Comment