आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक

    प्रकाशित २०७९ चैत्र २७, सोमबार (१ साल अघि)


देवचुली।देवचुली नगरपालिकाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ। आइतबार देवचुली नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको हो।

नगरपालिकाले सार्वजनिक गरेको नतिजामा २७ जना विद्यार्थीले ४ जि.पि.ए,११५ जना विद्यार्थीले ३.६-३.९९ जि.पि.ए, १८४ जना विद्यार्थीले ३.२-३.५९ जि.पि.ए,२८१ जना विद्यार्थीले २.८-३.१९ जि.पि.ए, ३६६ जना विद्यार्थीले २.४-२.७९ जि.पि.ए र बाँकी १३७ जना विद्यार्थीको २.१०-२.३९ जि.पि.ए प्राप्त गरेको देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार ४ जि.पि.ए ल्याउने विद्यार्थीमध्ये २४ जना सामुदायिक विद्यालयका र ३ जना संस्थागत विद्यालयका विद्यार्थी हुन् ।सामुदायिक विद्यालयबाट नेपाल माध्यमिक विद्यालयका ७ जना,भीमसेन आदर्श माध्यमिक विद्यालयका ७ जना,जन ज्योति माध्यमिक विद्यालयका ३ जना ,कालिका माध्यमिक विद्यालयका २ जना, दिव्यज्योती आधारभूत विद्यालयका २ जना ,पृथ्वी माध्यमिक विद्यालयका १ जना,देवचुली माध्यमिक विद्यालयका १ जना र जन ज्योति नमूना माध्यमिक विद्यालयका १ जना विद्यार्थीले ४ जि.पि.ए प्राप्त गरेका छन् भने संस्थागत विद्यालयबाट विश्व ज्योति बोर्डिङ स्कुलका १ जना,मुनलाईट आवासीय पब्लिक एकेडेमीका १ जना र अमर बोर्डिङ स्कुलका १ जना विद्यार्थीले ४ जि.पि.ए प्राप्त गरेका छन् ।

देवचुली नगरपालिकामा रहेका २४ विद्यालयका ११४४ जना विद्यार्थीहरु आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी थिए । चैत्र ५ गतेदेखि १३ गतेसम्म सैद्धान्तिक लिखित परीक्षा र १४ गते प्रयोगात्मक परीक्षा संचालन भएको थियो। नगरपालिकाले परीक्षा संचालन पश्चात हरेक दिन देवचुली १४ मा रहेको जन ज्योति नमूना माध्यमिक विद्यालयमा उत्तरपुस्तिका संकलन,उत्तरपुस्तिका कोडिङ,उत्तरपुस्तिका परीक्षण,सम्परीक्षण,प्राप्तांक टेबुलेसन गरि तोकिएको समयमा नै नतिजा सार्वजनिक गर्न सफल भएको नगरपालिकाले जनाएको छ। कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा तोकिएको मापदण्ड अनुसारको नतिजा प्राप्त गर्न नसक्ने विद्यार्थीहरुलाई विद्यालय मार्फत ग्रेड वृद्धि परीक्षामा सहभागी गराइने नगरपालिकाले जनाएको छ।

Write your Comment