आज:  २०८० मंसिर १९, मंगलबार | Tue, 05, Dec, 2023 Search
FLASH NEWS

पृथ्वी माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन,अध्यक्षमा घर्ती मगर सर्वसम्मत चयन

    प्रकाशित २०७९ चैत्र २०, सोमबार (८ महिना अघि)

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १० स्थित पृथ्वी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ। आज बसेको अभिभावक भेलाले हरिबहादुर घर्ती मगरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको हो ।

देवचुली नगरपालिकाको शिक्षा ऐनअनुसार अभिभावकबाट चयन गर्नुपर्ने चार जना र उनीहरुले छानेको स्थानीय समाजसेवी तथा चन्दादातामध्येबाट दुईजना गरी ६ जना र उनीहरुले छान्ने एकजना अध्यक्ष छानिने व्यवस्था रहेको छ ।

अभिभावक भेलामार्फत सर्वसम्मत चयन भएका शोभा बि.क.,विष्णुप्रसाद न्यौपाने,पवित्रा भुसाल,ढुन्डीराज काफ्ले र बाबुराम बस्याल रहेका छन् ।

Write your Comment