आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कावासोती १२ मा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण सम्पन्न

    प्रकाशित २०७९ चैत्र २०, सोमबार (१ साल अघि)


नवलपुर । कावासोती नगरपालिका वडा नम्बर १२मा बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कावासोति नगर भित्रका बालमैत्री उन्मुख वडाहरुमा पहिलो चरणमा अभिमुखिकरणको आयोजना गरिएको कावासोती नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख शुसिला तिमिल्सिनाले बताइन्।

अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिका किन लगानी गर्नुपर्छ, वडास्तरीय बालमैत्री स्थानीय शासन समितिको पुनर्गठन र वडाभित्रका बालमैत्री स्थानीय शासन भित्रका ५१ सुचकको घरधुरी सर्बेक्षण बाट आयको तथ्यांकको प्रस्तुति गर्ने गरिको योजना रहेको उनले बताइन् ।

कार्यक्रमलाई बालमैत्री अभियन्ता दिपक शर्मा, महिला बालबालिका शाखा प्रमुख शुसिला तिमिल्सिना र सुभद्रा शर्माले सहजीकरण गरेका थिए।कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बाल बचाउ, बाल संरक्षण, बाल बिकास र बाल सहभागिता र सस्थागत सुचकको उपलब्धि र चुनौतीको बारेमा छलफल गरेका थिए । वडामा हाल पनि बालबिवाह भैं राखेकोले मुख्य चुनौती रहेको र अन्यमा जन्मदर्ता, खानेपानीको गुणस्तरीय उपलब्धता, विद्यालय नियमित नहुने, बाल उद्यानको उपलब्धता नहुनु जस्ता समस्याहरु रहेको सहभागीहरुले बताएका थिए।कावासोती नगरपालिका वडा नम्बर ७ लाई २०८० चैत्र मसान्तसम्म बालमैत्री घोषणा गरि दिगोपन गर्ने उपस्थित सरोकारवालाबाट प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष दिपेश खनालले बालबालिकालाई प्राथमिकता राखेर काम गर्ने र बालमैत्री वडा निर्माणको लागि सबैले सहयोग गर्ने तोकिएको समयमा घोषणा गर्ने बताए ।

कार्यक्रममा वडाभित्रका जनप्रतिनिधि, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संघसंस्था, स्वास्थ्य स्वयंसेविका, टोल सुधार समितिका प्रतिनिधिहरु, बाल क्लबका प्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment