आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

सामाजिक संजालमार्फत उठाइएको रकम परिवारलाई हस्तान्तरण

    प्रकाशित २०७९ चैत्र १६, बिहिबार (१ साल अघि)


देवचुली ।देवचुली नगरपालिकामा सामाजिक संजालमार्फत उठाइएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । सामाजिक संजालमा सुवास भुसाल बचाउ अभियान संचालन गरि संकलित भएको रकम ४६ हजार ५ सय १५ रुपैयाँ परिवारलाई हस्पिटलमा नै गइ हस्तान्तरण गरिएको हो। संकलित रकम देवचुली नगरपालिका वडा न ४ का अध्यक्ष गिरबहादुर थापा रामको रोहबरमा बुधबार परिवारलाई हस्तान्तरण गरिएको हो।

देवचुली नगरपालिका वडा नम्बर ४ परानपुर निवासी सरस्वती भुसालको ६ वर्षका छोरा सुवास भुसाल विगत लामो समयदेखि कानको बिरामी रहेका थिए । कानको अप्रेसन गर्नका लागि परिवारको अवस्थाका नाजुक भएकाले उपचार नहुँदा समस्या झन बल्झिएको पाएपछी सामाजिक संजालको प्रयोग गर्दै रकम संकलन गरिएको देवचुली वडा न ४ का सदस्य गणेश क्षेत्रीले जानकारी दिनुभयो । अभियान सुरु गरेपछि परिवारलाई नै सिधै सहयोग गरेको रकम बाहेक उठाइएको रकम बुधबार हस्पिटल मै पुगि प्रदान गरिएको हो।

भुसालको कानको सफल अप्रेसन भएको र स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले बताएको छ।

Write your Comment