आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

लायन्स क्लव अफ देवचुली सप्तरङ्गीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    प्रकाशित २०७९ चैत्र १२, आईतबार (१ साल अघि)

देवचुली । लायन्स क्लव अफ देवचुली सप्तरङ्गीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।क्लबले शुक्रबार देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल धर्ती आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यालयका ४० जना विद्यार्थीहरुलाई झोला सहित कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको लायन्स क्लव अफ देवचुली सप्तरङ्गीका सचिव सुनिल न्यौपानेले जानकारी दिनुभयो ।


लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका अध्यक्ष लायन टि एम पौडेलले क्लबले गर्ने विविध सामाजिक कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो । देवचुली नगरपालिकाको पहाडी भेगमा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निरन्तर विद्यालयसम्म आउने वातावरण निर्माण गरि शैक्षिक गुणस्तरमा वृद्धि गर्नुपर्ने कुरामा पौडेलले जोड दिनुभयो ।उहाँले आगामी दिनमा विद्यालयलाई कुनै सहयोग आवश्यक परेमा क्लबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आर का भ्वाइस डिस्ट्रिक गभर्नर तथा लायन्स क्लब अफ भरतपुर सप्तरङ्गीका सेकेन्ड भिडिजी लायन दिनानाथ न्यौपाले,जोन चियर पर्सन लायन शरद खरेल सरोज, विद्यालयका प्रधानाध्यापक शिव शर्मा, वडा सदस्य यहुना डिसुवा मगर, लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका सल्लाहाकार प्रमिला अधिकारी, कार्यक्रम संयोजक सेकेन्ड भिपि रेनुका न्यौपाने, फस्ट भिपि जगन्नाथ अर्याल, सहसचिव मैयां हमाल सहित लायन सदस्य विनोद सिलवाल, अप्सरा पौडेल, गोमा लामिछाने, गिता भट्टराई विजय पंगेनीको उपस्थिती रहेको थियो ।


त्रिशक्ति स-मिलले सहयोग गरेको कार्यक्रमको संचालन क्लबका सचिव सुनिल न्यौपानेले गर्नुभएको थियो ।

Write your Comment