आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

रवि रिमालको नयाँ म्युजिक भिडियो “साथी त्यो मेरो, चुतीया साले” सार्वजनिक

    प्रकाशित २०७९ चैत्र ९, बिहिबार (१ साल अघि)


नवलपुर । गायन र संगितको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल रवी कुमार रिमालको नयाँ गित साथी त्यो मेरो चुतीयासाले” आज सार्वजनिक भएको छ ।

विभिन्न सामाजीक बिषयलाई गित संगितको माध्यमबाट प्रस्तुत गर्न सफल गायक तथा सर्जक रवि रिमालको आज सार्वजनिक गरीएको गितमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरीएको छ । गायक रवि रिमालले आज सार्वजनिक भएको गितले बाल्य अवस्थाको सम्झना गराउदै आफ्नो बालापनको साथीहरुसग सम्पर्क र आत्मीयता बढाउने अपेक्षा लिएको बताउछन । जीन्दगीमा कुनै पनी उमेर समुह फर्किएर नआउने तर त्यितिबेलाका यादहरु भ्ने ताजै रहने भएकाले पनी यस गितले आफ्ना बालासाखाको जीन्दगीलाई र यादहरुलाई ताजा बनाउने गायक रिमालको दावी छ । बहुचर्चित गीत “चरी उड्यो बादल छुनलाई” पछी आफुले अहिलेसम्मा पछाडि फर्केर हेर्नु नपरेको बताउदै उनले निरन्तर आफ्नो सांगितिक यात्राालाई अगाडि बढाउन थप हौसला मिलेको बताए ।

आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको यस् गीतमा गायक रवी कुमार रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ भने एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोख्रेल, निशान न्यौपानेको रहेको छ । नवलपुर र त्यस वरीपरीको क्षेत्रमा सम्पन्न गरिएको यस भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।

डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछील्लो समय थुप्रै सांगितिक कार्यक्रमहरुमा बाक्लै देखीन थालेका छन । गायन र संगीतसंगै उनले पछील्लो समय संगीत संयोजन (म्युजिक एरेन्जमेन्ट) पनि गर्न थालेका छन । आँफैले गरेको केही एरेन्जहरु बजारमा आईसकेको र केही आउने तयारीमा रहेको र दर्शक श्रोताबाट पनि राम्रो प्रतिकृयासंगै थप हौसला प्रदान भएको पनि उनले बताए ।

Write your Comment