आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

देशमै रासायनिक मल कारखाना खोल्न अखिल नेपाल किसान महासंघको सरकारलाई ध्यानाकर्षण

    प्रकाशित २०७९ चैत्र ७, मंगलबार (१ साल अघि)


देवचुली । देशलाई रासायनिक मलमा आत्मनिर्भर बनाउन रासायनिक मल कारखाना खोल्नका लागि अखिल नेपाल किसान महासंघले नेपाल सरकारसँग माग गरेको छ । सरकारले फागुन २६ गते आम किसानहरूको हित विपरीत अनुदानमा कटौती गरेपछी विभिन्न चरणमा आन्दोलनरत महासंघले सोमबार सरकारले अनुदान कटौतीको निर्णयको खारेज गरे सँगै आन्दोलनको कार्यक्रम स्थगित गरिएको जनाएको छ।

अखिल नेपाल किसान महासंघले अनुदान कटौतीको निर्णय फिर्ता लिइए पछि पुन मलको अभाव सृजना गरेर विगतको नियती नदोहोर्‍याउन,विभिन्न बहानामा नयाँ रणनीति लिने भनेर पुन किसानमारा नीति अवलम्बन नगर्न,रासायनिक मलमा आत्मनिर्भर बन्न मुलुकमै रासायनिक मल उत्पादन कारखाना खोल्ने र जैविक मल उत्पादनमा अनुदान प्रदान गरि किसानलाई सहयोग गर्न सरकारसँग माग गरेको छ।

अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको देवचुली नगरपालिका संचालन भएको सचिवालय बैठकले सरकारले अनुदान कटौतीको निर्णयको खारेज गरे सँगै सो निर्णयको स्वागत गरेको महासंघका अध्यक्ष प्रेम दंगालले बताए । आगामी दिनमा समेत किसानमारा निर्णयको विरोध र भण्डाफोर गर्ने साथै सरकारका राम्रा कदमको स्वागत गर्ने समेत दंगालले बताए ।

Write your Comment