आज:  २०८१ आश्विन २१, सोमबार | Mon, 07, Oct, 2024 Search
FLASH NEWS

प्रगतिनगर खानेपानीद्धारा फायर हाइड्रेण्ट जडान : आपतकालिन अवस्थामा दमकललाई पानी भर्न सहज हुने

    प्रकाशित २०७९ चैत्र ३, शुक्रबार (१ साल अघि)


दयाराम आचार्य,नवलपुर । नवलपुरको देवचुलीमा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दलकललाई पानी भर्ने ठाउँ (फायर हाइड्रेण्ट) जडान गरेको छ । संस्थाले बिहीबार देवचुली नगरपालिका-१५ धौलागिरी चोकमा फायर हाइड्रेण्ट जडान गरेको संस्थाका अध्यक्ष खिमानन्द भुसालले बताउनुभयो ।

नगरपालिका भित्र कुनै पनि क्षेत्रमा आगलागि भएर विपतको अवस्था आए तत्काल दमकलले पानी भरेर समयमा आगो नियन्त्रण गरि क्षति न्यूनिकरण गर्न सकियोस भन्ने उद्येश्यले नयाँ फायर हाइड्रेण्ट जडान गरिएको अध्यक्ष भुसालले बताउनुभयो । धौलागिरी चोकमा फायर हाइड्रेण्ट जडान गरेपछि दमकललाई आवश्यक पर्दा पानी भर्न सहज हुने छ ।नगरका हरेक क्षेत्रमा कुनै आगलागिका घटना घटे पाँच मिनेट भित्रको दुरीमा दमकलमा पानी भर्न सकियोस भन्ने योजनाका साथ फायर हाइड्रेण्ट जडानको योजना रहेको अध्यक्ष भुसालले बताउनुभयो ।

चाँडै अन्य तीन स्थानमा समेत फायर हाइड्रेण्ट जडान गरिने अध्यक्ष भुसालले बताउनुभयो । देवचुली १० , १३ र १४ समेत फायर हाइड्रेण्ट जडानका लागि सामाग्री आइसकेको र चाँडै जडान हुने उहाँले बताउनुभयो ।यस अघि संस्थाले देवचुली-१४ कैलाश चोक र देवचुली-११ धारापानी चोकमा फायर हाइड्रेण्ट जडान गरिसको छ । आगलागी हुँदा दमकललाई आपतकालीन अवस्थामा पानी भर्न असुविधा हुँदा धेरै क्षती हुन सक्ने भएकाले जतिसक्दो छिटो दमकललाई पानी उपलब्ध गराउन सक्ने गरि फायर हाइड्रेण्ट जडान गर्ने योजना अनुसार काम भइरहेको उहाँले बताउनुभयो ।

‘हामीले यस योजनालाई हाम्रो सामाजिक उत्तरदायित्वका रुपमा समेत लिएका छौं सोही अनुसार काम गरिरहेका छौं ’ अध्यक्ष भुसालले भन्नुभयो ।

Write your Comment